सुडानका महिला तथा बालबालिकालाई विशेष सुरक्षाको आवश्यकता छ : राष्ट्रसङ्घ

काठमाडौ  ३०  भदौ : मुलुकमा व्याप्त गृहयुद्धबाट ग्रसित सुडानी महिला तथा बालबालीका खाना, पानी र सुरक्षाका लगायतका आधारभूत आवश्यकताबाट वञ्चित रहेकाले उनीहरुलाई विशेष सुरक्षको आवाश्थकता रहेको  राष्ट्रसङ्घका अधिकारीले शुक्रबार बताउनुभएको छ ।

सुडानमा चलिरहेको द्वन्द्व मानवता विरोधी द्वन्द्वको भयानक स्वरुप भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी क्षेत्रीय निर्देशक लैला बेकरले बताउनुभयो ।उहाँले द्वन्द्वग्रस्त क्षेत्रमा सफा पानी , स्वच्छता तथा खानाका लागि पर्याप्त खाना र चिकित्सा सेवा अभाव रहेको बताउनुभएको छ ।  

 सुडानमा चलेको १६ महिना भन्दा बढीको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिनुका साथै एक करोड भन्दा बढीलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएकोे छ । 

सुडानी महिला तथा बालबालीकाहरुले द्वन्द्वसँगै शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई सहज जिवनयापनको लागि विशेष सहयोगको आवाश्यकता रहेको जनाउनुभएको छ ।

बेकरले सहायताका लागि थप समर्थनको आह्वान गर्दै  “बच्चाहरु एकै पटकमा  दुईतीन वटा संक्रमणबाट ग्रसित भएकाले नियन्त्रणका लागि उपचारको व्यवस्था नभएको जनाउनुभएको छ ।  

आफुले महिला तथा बालबालिकाको दुखद कथाहरू सुनेको बताउदै उहाँले यी अनगिन्ती पीडाको बारेकमा खुलेर भन्न नसकिने उनीहरूलाई पानी, खाना लगायतका आधाभुत आवश्यकता भन्दा बढी सुरक्षाा चाहिने बताउनु भएको छ ।