टर्कीका लागुऔषध ओसारपसार विरोधी अभियानमा संलग्न ३१६ जना पक्राउ

 टर्कीका प्रहरीले ५० प्रान्तमा लागुऔषध ओसारपसार विरोधी अभियानमा ३१६ संदिग्धलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताए ।

प्रहरीले एकैसाथ कारबाहीमा ५८० केजी लागुऔषध र १ लाख २१ हजार ९७० चक्की बरामद गरेको यर्लिकायाले बताए । टर्कीका मन्त्रीका अनुसार ‘नार्कोसेलिक–३८’ नाम दिइएको उक्त अभियानमा कूल ७९० प्रहरी टोली, १९१० कर्मचारी, १४ हवाई सवारी साधन र १७ वटा लागुऔषध डिटेक्टर कुकुर थिए ।