सन्नी देओलको फिल्म ‘बोर्डर २’ छायांकनअगावै विवादमा किन तानियाे ?

सन्नी देओलको फिल्म ‘बोर्डर २’ छायांकनअगावै विवादमा तानिएको छ। यो फिल्म सन् १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो।

उक्त चलचित्रसँग आवद्ध चलचित्र फाइनान्सर तथा वितरक भरत शाहले ‘बोर्डर- २’ का निर्मातालाई सार्वजनिक सूचना जारी गरेका छन्। 

फिल्मको पहिलो भागलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ। यस सूचनामार्फत वकिल अजय खतलावाला र लिटिल एण्ड कम्पनीका साझेदार भरत शाह र बीना भरत शाह फिल्म ‘बोर्डर’ को विश्व अधिकारको नियन्त्रक रहेको बताए। 

उनले चलचित्रका निर्देशक तथा निर्माता जेपी दत्तसँग यो वार चलचित्रलाई आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए। तर, दुई पार्टीबीच मतभेद उत्पन्न भयो। यसअघि नै फिल्मको कमाइ आधामा बाँड्ने निर्णय भएको थियो। यति मात्र होइन, जेपी दत्तले फिल्ममा खर्च भएको रकमको जानकारी पनि भरत शाहलाई दिनुपरेको थियो।

उक्त नोटिसमा जेपी दत्तले भरत शाह र बिना भरत शाहलाई कहिले पनि कुनै जानकारी नदिएको र फिल्मको आर्थिक अवस्था र नाफाबारे पनि जानकारी नगरेको उल्लेख गरिएको थियो।यस्तो अवस्थामा अब भरत शाह र बीना भरत शाहले जेपी दत्तविरुद्ध भारतीय चलचित्र तथा टिभी निर्माता परिषद्मा उजुरी दिएका छन्। यसअघि सन् २०१४ मा उनले मुम्बई हाई कोर्टमा पनि पुगेका थिए। यो मुद्दा अहिले सिभिल कोर्टमा सरेको छ।

केही महिनाअघि सन्नी देवोल र जेपी दत्तले २७ वर्षपछि ‘बोर्डर २’ बनाउने घोषणा गरेका थिए। यस फिल्ममा सनीसँग पहिले आयुष्मान खुराना देखिने थिए तर अहिले उनको ठाउँमा वरुण धवनले लिएका छन्।

फिल्ममा सन्नी र वरुण बाहेक दिलजीत दोसांझ पनि देखिनेछन्। यो चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारीमा छन्। यो २३ जनवरी २०२६ मा थिएटरहरूमा रिलीज हुनेछ। गुलशन कुमार, टी–सिरिज र जेपी दत्तले संयुक्त रुपमा निर्माण गरेका हुन्।