रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ

रौतहटमा लागू औषधसहित एक जना व्यक्ति प्रकाउ परेका छन् । रौतहटको देवाही गोनाही नगरक्षेत्रमा लागु औषधसहित एक जना साधु पक्राउ परेका हुन ।

देवाही गोनाही नगरपालिका-९ धरहरीस्थति राम जानकी मन्दिरमा बस्दै आएका साधु सिकेन्द्र राय यादवलाई गाँजासहित पक्राउ गरिएको हो ।

मन्दिरमा गाँजा बेचबिखन गर्ने गरेको सूचनाका अाधारमा इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको प्रहरीकाे टोलीले बुधबार राति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

यादवलाई थप अनुसन्धानका लागि हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको र लागु औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।