एप्पलले ल्यायाे टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स

एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ । एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मार्फत एप्पलले एयरपड्स फोर सार्वजनिक गरेको हो । 

एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ । जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ ।

यसमा एयरपड्स एक्टिभ न्वाइ क्यान्सिलेसन (एएनसी)भएको र नभएको गरी दुई मोडलमा उपलब्ध हुने छ । एएनसीभएको मोडलमा शहर तथा विमान जस्ता बढी आवाज आउने ठाउँमा अनावश्यक आवाज हटाइदिने बताइएको छ । 

यस एयर पड्समा म्याजिक एडप्टिभ अडियो (वातावरण अनुसार आवाज मिलाइने), कन्जर्भेटिभ कन्भरसेन (बोल्दा आफै साउन पज हुने), ब्याकग्राउन्ड न्वाइज रिडक्सन, क्विक प्रेस सेन्सर (म्युजिक कन्ट्रोल फिचर) जस्ता फिचर हुने छन् । 

कानको समस्या भएका व्यक्तिहरूलाई सघाउन प्रिभेन्सन, अवेरनेस हियरिङ प्रोटेक्सन (अनावश्यक आवाज हटाउने), अवेरनेस हियरिङ टेस्ट (सुनाइ परीक्षण गर्ने) र असिस्टेन्स (कान कम सुन्नेका लागि सुन्न सहयोग गर्ने) जस्ता फिचर पनि हुने छन् ।

यसका साथै त्यस्तै एप्पलले एयरपड्स प्रो थ्री र एयरपड्स म्याक्स पनि सार्वजनिक गरेको छ । एयरपड्स म्याक्स मिडनाइट, ब्लु, पर्पल, ओरेन्ज र स्टारलाइट गरी चार रङमा उपलब्ध हुने भएका छन् । यसलाई ५४९ डलरमा खरिद गर्न सकिने बताइएको छ । भने एप्पल एयरपड्स प्रो टूमा पर्सनलाइज्ड हियरिङ प्रोफाइल, मिडिया टेस्ट, हियरिङ एड, कन्भर्सेसन अवारनेस, कन्भर्सेसन बुस्ट जस्ता फिचर रहेका छन् ।

यी एयरपड्स १०० भन्दा बढी देशमा उपलब्ध हुने भएका छन् । यी मध्ये एयरपड्स फोरलाई फाइन्ड माई एपबाट सजिलै भेटिने सिरी एकीकृत गरिने भएको छ । एएनसी नभएको १२९ डलर र एएनसी भएको १९७ डलर मूल्य तय गरिएको छ । प्रयोगकर्ताहरूले दुवै मोडल २० सेप्टेम्बरदेखि खरिद गर्न सक्ने छन् ।