साउनमा हरियो चुरा लगाउनुका फाइदा के के छन् ? जानाैं !

साउन महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । यसै शिलशिलामा महिलाहरु भगवान् शिव र माता पार्वतीको पूजा गर्छन् । साथै हरिया चुरा लगाउँछन् । जसले गर्दा विवाहित महिलाहरुको जीवनमा सुख र समृद्धि बन्छ भन्ने विश्वास पनि लिने गरेको पाइन्छ ।

हरियो चुरालाई प्रेम, समर्पण, सौभाग्य र मानसिक शान्तिको प्रतिक मान्ने गरिन्छ । यस महिनामा श्रीमान्ले श्रीमतीलाई चुरी दिने प्रचलन छ । यसले दम्पत्ति बीचको प्रेम थप पगाढ हुने विश्वास रहेको छ ।

साउनमा हरियो चुराको महत्व
हरियो चुरा सुहागको प्रतिक हो । साथै महिलाहरुलाई यसलाई लगाएर आफ्नो श्रीमानको लामो उमेर र परिवारमा खसीयालीको कामना गर्ने गर्छन् । श्रीमानले श्रीमतीलाई चुरा दिँदा उनीहरुबीच प्रेम र समर्पण हुने मानिन्छ । यसले एकअर्काको खुसी र इच्छालाई ध्यान दिने गर्दछ । श्रीमानले श्रीमतीलाई हरियो चुरा दिँदा सौभाग्य र समृद्धि हुने मानिन्छ । यो एक धार्मिक र साँस्कृतिक प्रथा हो । जुन परिवारमा खुसीयाली र सौहार्द बनाएर राख्नको लागि काम गरिन्छ ।

सकारात्मक जीवन
साउन महिनाामा हरियो चुरा लगाउनुमा धार्मिक र साँस्कृतिक महत्व रहेको छ । यसका साथै वास्तुशास्त्र पनि विशेष स्थान छ । यहाँ सकारात्मक उर्जा, आध्यात्मिक उन्नती, समृद्धि, सन्तुलन, र मानसिक शान्तिको प्रतिक हुन्छ । हरियो चुरा लगाउँदा महिलाहरुले धामिर्क रितिरिवाज मात्रै पालन गर्दैनन् । आफ्नो जीवनमा सकारात्मक र सुख शान्तिलाई पनि आमन्त्रण गर्छ ।

हरियो चुरा लगाउनुका फाइदा
हरियो रंगले मनलाई शान्त बनाउँछ । हरियो चुरा लगाउँदा महिलाहरुमा मानसिक शान्ति मिल्छ । वास्तुशास्त्रका अनुसार हरियो रंग, सकारात्मक उर्जा र शान्तिको प्रतिकको रुपमा लिने गरिन्छ । हरियो चुरा लगाउँदा महिलाहरुमा सकारात्मक उर्जा आउने गर्छ । यसलाई वातावरणलाई पनि सकारात्मक बनाउने गर्छ । हरियो चुराले घरमा समृद्धि पनि हुन्छ ।

स्वास्थ्यमा पनि लाभ
वास्तु अनुसार हरियो रंग सन्तुलन र हर्मोनलाई बढावा दिने गर्छ । यो रंगले प्रकृतिमा पनि सन्तुलनको प्रतिनिधित्व गर्छ । यसलाई लगाउँदा महिलाहरुको जीवनमा सन्तुलन र सामजस्यता ल्याउँछ । हरियो रंग चक्रसँग पनि सम्बन्धित छ । हरियो चुरा लगाउँदा दिलको चक्र सक्रिय हुन्छ । जसले गर्दा भावनात्मक सन्तुलन र प्रेम भावनालाई बढाउँछ । हरियो रंगले मनलाई शान्त बनाउँछ । साथै तनावलाई कम गर्छ । साउन महिनामा हरियो चुरा लगाउँदा महिलाहरुले मानसिक शान्ति र सन्तोषको अनुभव गर्छ ।