पूर्वप्रधानमन्त्री माधव भन्छन्- देउवाको शरीर मात्रै एमालेतिर छ होला तर मन हामीसँगै छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

देउवाको शरीर एमालेतिर भएपनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन ? भनेर बुझ्नुपर्ने बताएका हुन् ।पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे ।अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्‍याउने कुनैपनि सैह्य नहुने बताए । उनले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि काँग्रेस एमालेलाई सचेत गराए ।

‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं । शेरबहादुरजी आत्तिनुभएको होला । यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला,’उनले भने, ‘हामी बुझ्दछौं यी सबै कुराहरु । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ । त्यसो हुनाले केही फरक पर्नेवाला छैन । शेरबहादुर जी तपाई आउन नपाए पनि तपाईको भावना हामीसँग छ भन्ने ठानेका छौं । शरिर त्यहीँ छ, मन यतापट्टी छ ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउनका लागि जरुरी रहेको उल्लेख गर्दै त्यसमा पहल गर्र्ने काम आफूले गरिरहेको बताए ।