भारतको यस्ताे गाउ जहा वर्षमा ५ दिनसम्म नाङ्गै बस्नुपर्छ

भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा छ, जसअनुसार विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म निर्वस्त्र अर्थात नाङ्गै बस्नुपर्ने हुन्छ ।

यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनै पनि कपडा लगाउँदैनन् । यस्तो अवस्थामा महिलाहरू पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षको १७ अगस्टदेखि ५ दिनसम्म यस्तो यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् ।

यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक राक्षसले कपडा लगाएका महिला उठाएर लैजाने गर्थ्यो। सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै राक्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्षसको यस्तो आतङ्क रहेपछि स्थानीयले जुक्ति निकाले, राक्षसबाट बच्न महिलाले कपडा नै नलगाउने ।

धार्मिक कथाअनुसार देवताले राक्षसको वध गरे पनि महिला नाङ्गै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ सङ्केतका रूपमा अर्थ्याइने गरिन्छ । यो परम्पराका अनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि मनाही छ ।

तर, पछिल्लो समय भने यो परम्परामा केही परिवर्तन आएको छ । महिलाहरू निर्वस्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।