धनुषामा रेल्वेको लिकमा परेर एक युवकले दुवै खुट्टा गुमाए

भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ।

जनकनन्दनी गाउँपालिका–३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो।रेलको लिक छेउबाट हिँडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन्।

रेलको लिक छेउबाट हिड्ने बाटो छ। जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुवै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए।

दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।