भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदै

भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।

तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय श्रृङ्खलाका लागि भारतको टोली श्रीलङ्का पुगेको छ । पहिलो टी–२० खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे पल्लेकेलेमा शुरु हुनेछ ।

भारतीय टोलीको कप्तानी सूर्यकुमार यादव र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् । भारतका रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले सन्न्यास लिएसँगै यादवले कप्तानको जिम्मेवारी पाएका हुन् । भारतले यसअघि टी–२० विश्वकपको उपाधि जितेको थियो । तर श्रीलङ्का भने पहिलो चरणबाटै बाहिरीएको थियो ।

यी दुई देशबीचको दोस्रो टी–२० भोलि र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि एकदिवसीय खेल हुनेछ ।