रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने प्रधानमन्त्री ओलीले बौद्ध जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बौद्धस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने भएका छन्। 

तामाङले प्रधानमन्त्री ओलीलाई म्यासेन्जरमा पत्र लेख्दै प्रत्यक्ष भेट्न र तस्बिर खिचाउन आफू इच्छुक रहेको बताएपछि ओली उनीसँग भेट्न तयार भएका हुन्। विद्यार्थी तामाङले पत्रमा प्रधानमन्त्री ओलीको निकै प्रशंसा पनि गरेका छन्।

‘हामी छिट्टै भेट्ने छौँ। आज शनिबार एकैछिन म्यासेन्जर चेक गरेको थिएँ’, ती विद्यार्थीको म्यासेन्जर पत्र सार्वजनिक गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कक्षा १० मा पढ्ने कृष्ण तामाङको यस्तो म्यासेजमा आँखा पर्‍यो। उहाँसँग छिट्टै भेट हुने छ।’