नाउपा बाट राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस

नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो।यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। 

प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने तयारी गरेका छन्। स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। null