नारायण थापाको स्वर र संगीतमा रहेको आधुनिक गीत ‘तिमीलाई नै’ सार्वजनिक

 नारायण थापाको स्वर र संगीतमा रहेको आधुनिक गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डब्बुकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफ रहेको गीतको भिडियोमा कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय छ । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को सम्पादन र प्रविण सुवेदीको छायांकन छ ।