चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने

चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।

फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई कन्टेन्ट क्रियटरका रूपमा चर्चित निमेष श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रको कथा निमेषसहित इशा थापाले लेख्नुभएको हो । चलचित्रमा सुरक्षा पन्त, इशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहनेछ ।

यस चलचित्रमार्फत् डेब्यु गर्नुभएका श्रेष्ठले यो चलचित्र फेन्टासी कमेडी जनरामा बन्ने बताउनुभयो । प्रवीण खड्काको छायांकन रहने चलचित्रमा निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ ।