प्रहरी अस्पतालकी प्रमुख एआईजी सिंह बुधबारदेखि  अवकाशमा, को बन्छ अब प्रहरी अस्पतालको हाकिम ?

नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा.आशा सिंह बुधबारदेखि  अवकाशमा गएकी छन्।उमेरहदका कारण उनी अवकाशमा गएकी हुन्।

डा.सिंहले कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि निकै विवादित रहिन्। कमिसन,हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो।अहिले उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ।मुख्यगरी दुई डिआइजीबीच एआईजी बढुवामा प्रतिस्पर्धा छ। जसमा डिआईजी सुन्दर हाइजु र संजय बिक्रम श्रेष्ठ रहेका छन्।

अब उनीहरूमध्ये एकजना प्रहरी अस्पतालको हाकिम एवं एआईजीमा बढुवा हुनेछन्।