गायक राघवेन्द्र श्रेष्ठकाे देश प्रेमि गीत 'म एउटा नेपाली' सार्वजनिक

गायक राघवेन्द्र श्रेष्ठले देश प्रेमले ओतप्रोत नयाँ राष्ट्रिय गीत सार्वजनिक गरेका छन्। 

उनको आफ्नै शब्द र स्वरमा रहेको गीतले नागरिकहरूमा एकता र गर्वको भावना जगाउने उद्देश्य राखेको छ। गीतको सङ्गीत sam पादन कोविद बज्राचार्यले गरेका हुन् । जसले परम्परागत र आधुनिक तत्त्वहरूलाई उत्कृष्ट रूपमा संयोजन गरेका छन्। 

यस गीतले राष्ट्रको दृढता र सुन्दरताको सम्झना गराउने गायक श्रेष्ठको विश्वास छ ।  गायक श्रेष्ठले  यस  गीतलाई असाध्यै माया गरी लोकप्रिय बनाइदिनु हुन् आग्रह गरेका छन् । श्रेष्ठको यो गीत विभिन्न स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ। यो गीत उनको आफ्नै युट्युब च्यानल Raghshre बाट सार्वजनिक गरेका छन् ।