केएमसी को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर, ९३१ बिरामीको निःशुल्क उपचार

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

शान्ति सेवा गृहको आयोजनामा भएको शिविरमा ९३१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये १०३ जनाको अल्ट्रासाउन्ड, ८६ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण गरिएको थियो भने २७ जनाको दाँत निकालिएको थियो । त्यस्तै ३३ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।