पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह आज हुँदै,१२८ वर्षको कीर्तिमान आजकाे उद्घाटनमा तोडिने

पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह आज हुँदै छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज भए पनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आज हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको छ । पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदीमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फ्रान्सको मौसम विज्ञान विभाग मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ ।दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।

पेरिस ओलम्पिकमा सोही १२८ वर्ष पुरानो कीर्तिमान तोड्न लागेको हो । ओलम्पिक इतिहासमा १२८ वर्षदेखि चलिआएको परम्परा परिवर्तन हुन लागेको छ ।अहिलेसम्म ओलम्पिकको उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ । पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो ।

आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो ।सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् ।तर पेरिस ओलम्पिकमा, सहभागी १० हजार ५०० खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् ।यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् ।

ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । 

टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।