जहाज दुर्घटना हुँदा मृत्यु भएकाकाे पोष्टमार्टम सकियो, क्षतिपूर्तिको टुङ्गो नलागेसम्मआफन्तले शव नबुझ्ने

गत बुधबार सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिपोर्ट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए।

उनका अनुसार केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ति शवलाई के गर्ने भन्ने बारेमा छलफल गरिरहेको बताए। डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गर्न भने झण्डै २ हप्ता लाग्ने उनको भनाइ छ।

यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुङ्गो नलागेसम्म शव नबुझ्ने बताएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।

जसमा १८ जनाको मृत्यु भएको थियो। घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ।