राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१-८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

आज ११:४५ बजेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको सूचना आएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।

राष्ट्र बैंकले नयाँ सरकारको चाहानाअनुसार मौद्रिक नीति तर्जुमा गर्न लागेको छ। नेपालको बाह्य क्षेत्र र मूल्यस्थिति सहज रहेकाले राष्ट्र बैंकले ब्याजदर कोरिडोरको सीमाहरूमा सामान्य हेरफेरको तयारी गरेको छ।