चार वर्ष अगाडि दुर्घटनामा परेर जोगिएको थियो सौर्य एयरलाइन्स बुधवार जोगिन सकेन

मर्मतका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न उडान भरे लगत्तै खसेर दुर्घटनामा परेको सौर्य एयरलाइन्स चार वर्ष अगाडि दुर्घटनामा परेर जोगिएको थियो।

चार वर्ष अगाडि ५२ जना यात्रु लिएर काठमाडौँबाट विराटनगरका लागि उडे लगत्तै विमानमा चरा ठोक्किएको थियो। चरा ठोकिँदा विमानको दायाँतर्फको इन्जिनको दुई वटा ब्लेडमा असर परे पनि विमान विराटनगर पुग्यो।

विमान विराटनगरमै ग्राउण्डेड गरियो। विमान उडे लगत्तै बिहान ८:४५ बजे चरा ठोक्किएको थियो। तर पाइलटले टावरलाई जानकारी गराएनन्। रनवेमा मरेको चरा फेला परेकाले विमानमा चरा ठोक्किएको खुलेको थियो।