नेकपा एस पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि मापदण्डलगायतका विषयमा देखिएको समस्याका बारेमा छलफल गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिनका लागि आधार र मापदण्डका साथै चाँडै सदस्य चयनका लागि देखिएका समस्याका बारेमा छलफल भएको हो । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ ।

पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।  बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सौर्य एयरलाइन्सको दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली दिँदै तत्काल छानबिन गर्दै राहत र क्षतिपूर्ति दिनुपर्ने बताएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ​

उनले नयाँ सरकार गठन भएको केही दिनमात्रै भएकाले त्यसका गुण र दोषका आधारमा आवश्यक समीक्षा गर्ने बताए ।