भारतमा गरगहना पसलको पर्खालमा प्वाल पारेर चोरी गरीरहेको अवस्थामा चार नेपाली पक्राउ

भारतमा चोरीको प्रयास गर्ने चार नेपाली पक्राउ परेका छन् । बेंगालुरूमा गरगहना पसलको पर्खालमा प्वाल पारेर चोरी गरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही रहेका छन् ।भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको पर्खालमा ड्रिलिङ गरिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरू बुधबार बिहान सवा एक बजेको समयमा सो पसलमा पुगेका थिए । उनीहरूले ड्रिलिङ गरेको थाहा पाएपछि सोही पसलका कर्मचारीले मालिकलाई खबर गरेका थिए । लगत्तै प्रहरीलाई पनि खबर गरिएपछि उनीहरू पक्राउ परेका थिए ।

उनीहरू यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । यसरी नेपालीहरुले भारतमा अपराधिक क्रियाकलाप गर्दा नेपालीहरुको बेईज्जती भारतमा ज्यादा हुने गरेको छ ।