यौनकाण्डका चर्चित कालोकोटधारीहरुको कर्तुत यस्तोसम्म हुन्छ !

काठमाण्डौं, १० साउन : निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको यौनकाण्ड छताछुल्ल भएसंगै कालोकोटधारीहरुको कालो कर्तुत कतिसम्म धृणित हुन्छ भन्ने कुरा खुल्दै आएको छ । 

कानुन समाजका कार्यकारी निर्देशक समेत रहेका प्रधानले कसरी यौनकाण्ड मच्चाउथे भन्ने कुरा संसदीय सुनुवाई समितिमा हिजो छताछुल्ला भएको छ । कामको प्रलोभन देखाएर महिलालाई यौनदासी बनाउने प्रधानलाई मानव अधिकार आयोगले समेत सुनुवाईकैबीच राज्यको उच्च ओहदामा नियुक्ति नगर्न दबाब दिइसकेको छ ।
 
उच्च मर्यादाको ओहदामा यस्ता यौनपिपासुहरुलाई लगिनुहुदैन भन्ने आम धारणा मात्रै होइन सर्वाेच्च अदालतले समेत व्याख्या गरिसकेको छ ।सहकर्मीलाई नै कार्यालय समय पछि वा अरुको समय ओल्टोकोल्टो पारेर यौनतृप्ति लिने काटोकोटधारीहरुको कालो कर्तुत कति घिनलाग्दो हुनसक्छ भन्ने कुराको नमूना बन्न गएका छन् प्रधान । 

न्यायपालिकाकै ठूलाबडा भनाउंदाहरुको समेत आशिर्वाद पाएका प्रधानको यो चरित्रले न्यायालयभित्र कतिसम्म कुहिएका व्यक्तिहरु पनि छन् भन्ने कुरा प्रमाणित गर्छ । यसअघि नै न्यायाधीश भुवन गिरीले कान्छी श्रीमति बनाएर शारदा गिरीमाथि गरेको यौनकाण्ड र वैवाहिक बलात्कारको विषय सार्वजनिक भइसकेको छ । उनलाई काठमाण्डौं जिल्ला अदालतले समेत सात बर्षको कैद सजाय गरिसकेको छ । 

भुवन गिरी विरुद्ध शारदा गिरीले जेहाद नै छेडेपछि अदालतले समेत उनको कालो कर्तुत रोक्न वा ढाकछोप गर्न नसकेर कैदको सजाय सुनाईसकेको छ । कालोकोटधारीहरुमा गिरी अर्काे कलंक बनीसकेका छन् । 

सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गरेको अभियोगमा अर्का वकिल आशिष पौडेल समेत केहीदिनको लागि जेल गइसकेका छन् ।
काठमाण्डौं जिल्ला अदालतबाट पटकपटक म्याद थप समेत भई अनुसन्धान गरिएका ती अधिवक्ता आशिष पौडेलमाथि सहकर्मी महिला कानुन व्यवसायी बलात्कारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर भइसकेउको छ । 

साउन १९ गते काठमाण्डौं जिल्ला अदालतमा अभियोगपत्र दायर भई बयान र बहस सकिएपछि उनलाई धरौटीमा रिहा गरिएको छ । जाहेरवाला महिला कानुन व्यवसायीसंग विवाहको नाटक गरेर ती यौन काण्डमा मुछिएका वकिल पौडेल धरौटीमा रिहा हुन सफल भएका छन् ।

उनकै सहकर्मी महिला कानुन व्यवसायी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) बाट जाहेरी दर्ता भएपछि असार ७ मा अधिवक्ता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो भने असार १९ मा धरौटी माग गरिएको छ । 

मुद्दामा दोषी हुनसक्ने आधार देखिएपछि अदालतले धरौटी माग्ने गरेको पाइन्छ । आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि बलात्कार गरिने कार्यलाई अदालतले कठोर ढंगले लिने गरेको पाइन्छ ।  

नैतिक पतन देखिने फौज्दारी मुद्दामा सजाय पाएपछि मात्रै सम्बन्धित नियमनकारी निकायले सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था छ ।अधिवक्ता पौडेलले सहकर्मी (परिवर्तित नाम सिंहदरबार २६ग÷०८०।०८१) महिला कानुनव्यवसायीलाई काम छ आउंछु भन्दै गएर बलात्कार गरेको जोहरी दिएकी थिइन ।  युवा महिला कानुन व्यवसायीलाई कामको अवसर दिने भन्दै पौडेलले पटकपटक आफ्नो फेसबुक पेज मार्फत विज्ञापन गर्दै आएका थिए ।  पौडेलले महिला कानुन व्यवसायीलाई फर्ममा आकर्षित गर्दै यौन शोषणको प्रयास गर्ने गरेको जाहेरीमा उल्लेख छ । 

पौडेलले फेसबुक विज्ञापनमा नै ३० बर्षभन्दा कम उमेर समूहका एलएलवी र एलएलएम गरेका महिला कानुन व्यवसायीलाई प्राथमिकता दिइएको प्रचार गर्दै आएका थिए । 
एकजना बरिष्ठ अधिवक्ताको कार्यालयमा काम सिक्न भनेर छिरेका पौडेलले वरिष्ठ अधिवक्ताकी श्रमितिलाई नै ‘आइ लभ यु, म तिमी विना बांच्नै सक्दिन’ भन्दै मेसेज पठाउने गरेको समेत खुलेको छ ।

कतिपय ल फर्ममा महिला कानुन व्यवसायीलाई काम गर्न समेत डर हुने गरेकोले अभिभावकहरु आतंकित भएका छन् । ‘कतिसम्म भने फोन गरेर एलएलवी गर्दै गरेका युवतीहरुलाई समेत पौडेलले आफ्नो ल फर्ममा काम गर्न आऊ भन्ने गरेका रहेछन्,’ एक पिडितले बताए, ‘पछि काम पाउन गाह्रो छ, इन्टर्नसीपकै बेला काम सिक्नुपर्छ, काम सिकेपछि तलब सहितको जागिर दिन्छु भन्दै उसले फसाउने गरेको रहेछ ।’ 

कम्तिमा पनि एकदर्जन भन्दा बढी महिलालाई पौडेलले सताइसकेको भएतापनि इज्जतको डरले कोहीपनि बोल्न र उजुर गर्न सकिरहेका छैनन् ।  पेसामा स्थापित र सम्पन्न बरिष्ठ अधिवक्ताहरुका छोरीमाथि टार्गेट गरेर पौडेलले सामाजिक सञ्जाल मार्फत फ्रेण्ड रिक्वेस्ट पठाउने, बाबुआमाबीच फाटो ल्याउने सन्देशहरु पठाउने, तेरो बाउ अर्कै केटीसंग पल्किएको छ भन्दै झूठा सन्देश फैलाएर ब्ल्याकमेल गर्ने र सूचना दिने बाहना बनाएर सम्पर्क स्थापित गर्ने र पछि यौनतृप्तिका लागि ब्ल्याकमेल गर्ने गरेको पनि ती पिडितले उनले बताए  । 

यति हुंदा पनि अभियुक्तको वकालतको इजाजत खारेज गर्न नियमनकारी निकाय सक्रिय नभएकोमा भने पिडितहरु आश्चर्यचकित छन् ।