नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?

काठमाडौँ, ९ साउन :नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ११ सय रुपैयाँले  बढेर १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।