कालोकोटधारीलाई कसले नैतिकता सिकाउने ?

वलिकहरु बलात्कार, ठगी र गुण्डागर्दीका मुद्दामा जोडिदैगर्दा कालोकोटको इज्जतमाथि प्रश्न उठ्न थालेको छ

काठमाण्डौं, ९ साउन:वलिकहरु बलात्कार, ठगी र गुण्डागर्दीका मुद्दामा जोडिदैगर्दा कालोकोटको इज्जतमाथि प्रश्न उठ्न थालेको छ । 

कालो कोट लगाउनेवित्तिकै कर्मचारीको कठालो समात्न पाइन्छ ? के कालोकोटधारीले अदालतका सुरक्षाकर्मीलाई चड्कन लगाउन छुट छ ? कालोकोटधारीले सहकर्मी महिला कानुन व्यवसायीलाई बलात्कार गर्न छुट छ ? न्यायाधीश र कर्मचारीलाई घुस बुझाएर भ्रष्टीकरण गर्न छुट छ ? यस्ता प्रश्न यतिबेला उठ्न थालेका छन् । 
 
सर्वाेच्च अदालतमा सोमबार महिला कानुनव्यवसायीले अदालतका सुरक्षाकर्मीमाथि हातपात गरेको घट्नाले कालोकोटधारीलाई नै नैतिकता सिकाउनुपर्ने अवस्था उत्पन्न भएको प्रकटीकरण भएको छ । 

सोमबार दिउँसो सवा २ बजेतिर महिला प्रहरीमाथि हातपात गर्ने महिला वकिल लुमा चौधरीलाई पक्राउ गरिएको छ । माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरी थुनामा राखिएपछि कारबाहीको माग चौतर्फि बढ्न थालेको छ ।

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको  पनि भनिएको छ ।सर्वाेच्च अदालत कर्मचारी संगठनका अध्यक्ष हरि भट्टराईले कारबाहीको माग गरेका छन् । भट्टराईले कालोकोट लगाएकि वारेसले सुरक्षाकर्मीमाथी हातपात गरेको हिजोको सर्वोच्च अदालतको घटना ललितपुर जिल्ला अदालतबाट शुरु भइ काठमाडौ हुदै सर्वोच्च आइपुगेको तेश्रो श्रृंखला कै रुप हो भनेका छन् । 

गलत गर्ने जो सुकैलाई कानुनी कारवाहिको दायरामा लानुपर्छ । अनुशासन पालना गर्नुपर्दैन भन्ने यस्ता अराजकहरुको भिड वढ्दो छ। न्यायलयलाई मर्यादित वनाउन र अन्य दुर्घटना हुन नदिन समय मै अदालतरबारले सोच्न पर्ने वेला आएको छ भन्दै भट्टराईले आफ्नो फेसबुक पेजमार्फत कारबाहीको माग गरेका छन् । 

वकिलहरु गुण्डागर्दीमा उत्रदा र अदालतमा खटिएका सुरक्षाकर्मीहरुमाथि एकपछि अर्को वकिलले हातपात गर्दा नेपालका वकिलहरुको हैसियत प्रकटीकरण हुंदैछ । वकिल भनेको कालोकोट लगाउने गुण्डा हो कि भन्ने भ्रम पनि पर्न थालेको छ । 

महिला वकिललाई कार्यालयमा काम लगाएर बलात्कार गर्ने, महिला वकिलमाथि कुदृष्टि राख्ने, घुस बुझाउंदै कर्मचारी र न्यायाधीशलाई भ्रष्ट बनाउने, महिलालाई डिभोर्स गर्न बाध्य बनाएर सम्पत्ति हत्याउन विवाहको रचना गर्ने वकिलको हर्कतले समाज भ्रष्टीकरणतर्फ गइरहेको छ । छाडेको सांढे झै देखिएका केहीकेही मतिभ्रष्ट वकिललाई नियमन गर्ने निकाय नै नभएको जस्तो देखिएको छ ।

अधिवक्ता चौधरीले सर्वाेच्चमा हातपात गर्नुअघि अधिवक्ता नानी थापाले समेत काठमाण्डौं जिल्ला अदालतमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मिमाथि हातपात गरेको विषय साम्य भइसकेको छैन । 

न्यायालय र बार दुवैतर्फबाट घट्नाको विषयमा आआफ्नो दृष्टिकोण बाहिर ल्याएर दोषीमाथि कारबाही गर्नुपर्छ भनी आएका छन् । बारको तर्फबाट सुरक्षाकर्मीले गल्ती गरेको भनिरहेका छन् भने अदालतका कर्मचारीहरुले वकिलको गल्ती भएकाले उचित कारबाही हुनुपर्छ भन्दै माग गरिआएका छन् । 

जनताको अधिकार रक्षाका लागि इजाजत जथाभावी गर्न दिइएको होइन । तर कतिपय अवस्थामा वकिललाई पनि नियमन गर्न जरुरी भइसकेको स्पष्ट देखिइसकेको छ ।  तत्कालिन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध नेपाल बारले चलाएको आन्दोलनका क्रममा अधिवक्ता विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडांललाई लात र मुक्का बर्षाएको घट्नाको असर अझै साम्य भइसकेको छैन ।