कालिकोटमा आफ्नै भतिजीलाइ बलात्कार गरेको आरोपमा काका पक्राउ

कालिकोटमा ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

प्रहरीले नरहरिनाथ गाउँपालिका-८ का ६८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ती पुरुष र बालिका काका भतिजी रहेको प्रहरीले जनाएको छ।१ साउनमा दिउँसो घरमा कोही नभएको अवस्थामा ती काकाले आफ्नी भतिजीलाई करणी गरेको उजुरी परेको छ। हाडनाता पर्ने भएकाले प्रहरीले पक्राउ परेका ती पुरुषको परिचय खुलाएको छैन। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।