बैकिङ कसुरका १३ वटा मुद्दाका फरार प्रतिबाधि पक्राउ

बैकिङ कसुरका १३ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाका रामशरण बस्नेतरहेका छन् ।उनीविरुद्ध जिल्ला अदालतमा चलेका सातवटा बैकिङ कसुरका र बाँकी ६ वटा मुद्दा काठमाडौंलगायत जिल्लामा दर्ता भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ललितपुरमा दर्ता भएका सातवटा मुद्दामा उनले ३१ लाख रुपैयाँको कारोबार गरेको देखिन्छ।