मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट अर्थमन्त्री निर्मला सीतारमणले संसद्‌मा आज प्रस्तुत गर्दै

काठमाडौँ ८ साउनः रतकी अर्थमन्त्री निर्मला सीतारमणले संसद्‌मा आज (मंगलबार) बजेट प्रस्तुत गर्दैछिन्।

यसअघि सोमबार उनले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन्।आर्थिक सर्वेक्षणमा भारतको जीडीपी २०२४–२०२५ मा करिब ७ प्रतिशतका दरले बढ्न सक्ने अनुमान गरिएको छ। 

यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ।

बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रोपटक सरकार आएको र तेस्रो पारीको पहिलो बजेट प्रस्तुत गर्ने बताएका थिए।

उनले यो बजेट अमृतकालको महत्त्वपूर्ण बजेट भएको दाबी गरेका छन्।  यो बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्नेछ। यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने उनको दाबी छ।

ठूला अर्थतन्त्र भएका देशमध्ये भारत सबैभन्दा तीव्र गतिमा बढ्दै गएको देश हुनु सबै देशवासीका लागि गर्वको विषय भएको प्रधानमन्त्री मोदीको भनाइ छ।