पार्टी संसदीय मूल्यमान्यता विपरीत गयो, बिधिअनुसार पनि छैन : एमाले नेता लीला गिरी

नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले पार्टी संसदीय मूल्य मान्यताबिपरित गएको टिप्पणी गर्नुभएको छ ।

महासचिव शंकर पोखरेललको फोनले आफू दलका नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुपरेपछि गिरीले यस्तो टिप्पणी गर्नुभएको हो ।‘यो संसदीय मूल्यमान्यताविपरीत छ । पार्टीको विधि अनुसार भएको हो भन्ने मलाई लाग्दैन । म के भएँ, के भइनँ भन्दा पनि यस्तो किसिमको प्रवृत्तिले इमानदार कार्यकर्तालाई खटेर काम गर्न उत्प्रेरित गर्दैन । प्रणाली बिगार्न किन नेताहरु लाग्नुभयो होला, मैले बुझेको छैन,’ गिरीले भन्नुभयो ।

एमाले महासचिव शंकर पोखरेलको फोनपछि आज मुख्यमन्त्रीको दावी गर्ने बेला गिरीकोनाममा टिपेक्स लगाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको छ । लुम्बिनीमा महासचिव पोखरेल निकट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गर्दा दलका नेतामाथि कू गरिएको आरोप एमालेकै नेताहरुले लगाएका छन ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता गिरीले कडा असन्तुष्टि पनि जनाउनु भयो ।
‘केन्द्रले हस्तक्षेप गर्यो । मैले यसबारे माथिल्लो तहमा भनिसकेको छु,’ गिरीले भन्नुभयो । उहाँले यस बिषयमा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनमा भनिसकेको जानकारी पनि दिनुभयो ।

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल