आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे

आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । यससंगै सोमबार सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ८०३ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकेको छ ।