सर्वाेच्चमा दोहोर्याउने मुद्दाले अनुमति पाउनै सकस, दश प्रतिशत पनि स्वीकार्य हुदैनन्

सर्वाेच्च अदालतमा दोहोर्याउने निवेदनममा भटाभट आदेश भइरहेको सन्दर्भमा आइबार मात्रै ४ सय ५८ वटा निवदेन पेश भएकामा छयालिस दशमलव ५ प्रतिशत मुद्दामा आदेश भएको छ । 

दोहोर्याउने निवेदनमा दश प्रतिशतका दरले मात्रै सर्वाेच्चमा अनुमति पाउने गरी आदेश भएको आइतबारको तथ्यांकबाट देखिन्छ । जम्मा २ सय ५८ वटामा आदेश भएकामा २० वटामै पनि स्वीकार्य नभएको आदेशमा जनाइएको छ । 

यो साता दोहो¥याइपाउने एकहजारभन्दा बढी निवेदनको सुनुवाई हुने भएको छ । 

साउनको ६ गतेदेखि ११ गतेसम्म दोहो¥याउने र पुनरावलोकनका लागि पेशी तोकिएको छ भने आगामी साताबाट मात्रै नियमित सुनुवाई हुनेछ । बाहेक पनि बन्दीप्रत्यक्षीकरण र असाधारण क्षेत्राधिकारका अन्य रिट निवेदनको पनि सुनुवाई भइरहेको छ भने नियमित मुद्दाको सुनुवाईका लागि अझै केही दिन पर्खनुपर्नेछ ।
 

सर्वाेच्च अदालतले नयां आर्थिक बर्ष लागेपछि यो साताका लागि दोहो¥याउने र पुनरावलोकनको सुनुवाई तय गरेको हो ।नयां आर्थिक २०८०।०८१ सुरु भएसंगै सर्वाेच्च अदालतले सुनुवाईका लागि साप्ताहिक तथा दैनिक पुरक सूचिमा यसअघि साउन ४ गतेसम्म कुनैपनि मुद्दाको पेशी सूचि राखेको थिएन ।
 

नयां आर्थिक बर्षका लागि मुद्दाको दायरी किताब तथा ढड्डाहरु तयार गर्नका लागि समय लाग्ने भएकोले अझै नियमित सुनुवाई तोकिएको छैन । असाधारण क्षेत्राधिकार भनेको सर्वाेच्च अदालतको आकस्मिक उपचारको बाटो हो, सो मात्रै सर्वाेच्चमा साउनको पहिलो साता सुनुवाई हुने गरेको छ ।