जाे दाेषी छ, उसैलाई मन्त्री पद दिने सरकारलाई कसरी विश्वास गर्ने : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उनले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरेका हुन् । उनले भने, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।”

सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराए । उनले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गरे ।

सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाए । “उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ”, उनले भने, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।”

निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गरे । उनले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गरे ।

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल