भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ

काठमाडौँ, ६ साउनः भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ परेका छन्।

थुलुङ दूधकोशी गाउँपालिका-२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका हुन्। 

सोही गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। सुरेशको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।