नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणघाट–मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याकंर ठोक्किँदा १५ जना घाइते भएका छन्।

शनिबार दिउँसो उक्त सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोकिएको चितवन प्रहरीले जनाएको छ।नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल टयाङ्करको एकापट्टीको भागमा ठोक्किँदा दुर्घटना भएको हो।