एलोन मस्कले X मा सबैभन्दा धेरै फलो गरिएको विश्व नेता भएकोमा मोदीलाई दिए बधाई

 व्यापारी इलोन मस्कले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकामा बधाई दिएका छन्।

एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ। इलोन मस्क एक्सका मालिक पनि हुन्। भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिँदै इलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकामा बधाई छ।

’धेरै फलोअर्स हुने विश्वका ठूला नेतामा अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्छन्। 

यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो।ट्रम्पका ८.७७ करोड फलोअर्स छन्। जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्दाेगानका २.१५ करोड फलोअर्स छन्।