सिमलताल दुर्घटना अपडेट : त्रिशूलीमा हराएका दुई यात्रु भारतमा मृत भेटिए

पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुबाहक बसमा सवार यात्रुमध्ये दुई जना भारतमा मृत भेटिएका छन्।

भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वटा शव भेटेको हो। एसएसबीले दुवै शव सशस्त्र प्रहरीलाई बुझाएको छ।नारायणी नदीमा भेटिएका दुईमध्ये एउटा शव आज बिहान र एउटा शव बिहीबार बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरी र स्थानीय प्रतिनिधि सहित सशस्त्र प्रहरीको बीओपी त्रिवेणीको टोलीले भारतबाट शव ल्याएको छ।

यीसँगै सिमलताल दुर्घटनामा हराइरहेका यात्रुमध्ये २३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। अझै ३९ जना हराइरहेका छन्। उनीहरूको खोजी जारी रहेको छ।गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा ३८ जना सवार थिए।

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता त्रिशूलीमा पौडिएर जोगिएका थिए। दुवै बसमा सवार ६२ जना हराएका थिए।

त्रिशूलीमा हराएका यात्रु र बसको खोजी भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। तालिम प्राप्त गोताखोरसँगै ५०० सुरक्षाकर्मी खोजबिनमा खटिइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
 

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्नता

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्न…

१४ वर्षीय  छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभियुक्तका बुवामाथि पनि मुद्दा चलाइयाे

१४ वर्षीय छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभ…

ममता काफ्ले हत्या प्रकरण :  श्रीमान् नरेश भट्टलाई  आज अदालत लगिदैँ

ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेश भट्टलाई आज अदालत लगिदैँ

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी थिइन सहयोग

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी …

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न माग

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग ग…

हिजो बिहान मकवानपुरमा  बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला

हिजो बिहान मकवानपुरमा बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको श…

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए