विराटनगरमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना,२२ प्रहरी घाइते

 विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ ।

बुधबार भएको उक्त दुर्घटनामा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ‘टु टन’ पल्टिदा २२ जना प्रहरी घाइते भएका हुन् । 

घाइते भएका प्रहरीहरूको उपचार विराटनगरस्थित कोशी अस्पताल, न्यूरो र नोबेल मेडिकल कलेजमा भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकांश प्रहरी जवान रहेका छन् ।

 ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’