रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षाको तयारी कक्षा रेडियो र टिभीमा समेत सञ्चालन गर्ने भएको छ ।

मंगलवार एक सूचना जारी गर्दै केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने जनाएको हो । यससँगै २३ साउनदेखि हुने ग्रेड वृद्धि परीक्षाका लागि विद्यार्थीले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत तयारी गर्न सक्नेछन् । 

यो तयारी कक्षा ग्रेड वृद्धि परीक्षा सुरु हुने अघिल्लो दिनसम्म चल्ने छ ।  यसअन्तर्गत अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयकाे तयारी कक्षा सञ्चालन हुनेछन् । जसमा नेपाल टेलिभिजनमा साँझ र बिहान पढाइ हुन्छ भने रेडियो नेपालमा साँझ मात्र पढाइ हुन्छ । 

त्यस्तै विद्यार्थीले केन्द्रको ‘एनसीईडी भर्चुअल’ युट्युब च्यानलमा रहेका सामग्रीहरूको समेत प्रयोग गर्न सक्नेछन् ।  केन्द्रले पढाउने समय तरिका तल दिइएको छ ।

नेपाल टेलिभिजन

रेडियो नेपाल

बिहान

साँझ

साँझ

६:००

अङ्ग्रेजी

४:३०

सामाजिक

५:१५

गणित

६:४०

गणित

५:१०

विज्ञान

५:३०

सामाजिक

७:२०

विज्ञान

५:५०

गणित

८:२५

विज्ञान

७:५५

सामाजिक

६:२५

अङ्ग्रेजी

८:४०

अङ्ग्रेजी