आठबीसकोट बाढी अपडेट : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ ।

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ ।

लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ ।

घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको र घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्नता

मीना परियार प्रकरण : प्रेमी भनिने २१ वर्षीय राम खत्रीले स्वीकारे हत्यामा संलग्न…

१४ वर्षीय  छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभियुक्तका बुवामाथि पनि मुद्दा चलाइयाे

१४ वर्षीय छात्रले गोली चलाउँदा ४ जनाको मृत्यु र ९ जना घाइते भएको घटनामा अभ…

ममता काफ्ले हत्या प्रकरण :  श्रीमान् नरेश भट्टलाई  आज अदालत लगिदैँ

ममता काफ्ले हत्या प्रकरण : श्रीमान् नरेश भट्टलाई आज अदालत लगिदैँ

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

ललितपुरबाट बागमतीमा हाम फालेर हराइरहेकी युवतीको शव मकवानपुरमा फेला

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी थिइन सहयोग

मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी …

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न माग

महोत्तरी रामगोपालपुर नगरका वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग ग…

हिजो बिहान मकवानपुरमा  बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला

हिजो बिहान मकवानपुरमा बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको श…

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए

जुम्लामा काठेपुलबाट खसेर बेपत्ता बुढाको शव ५ दिन पछि भेटिए