आजदेखि थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुँदै

आजदेखि थप ५ जिल्लामा पारिवारिक इजलास सुरु हुँदैछ। सर्वोच्च अदालतले आजदेखि मोरङ, धनुषा, कास्की, रुपन्देही र बाँके जिल्लामा पारिवारिक इजलास सुरु गर्न लागेको हो।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दाको चाप बढी भएका जिल्लालाई छानेर नयाँ आर्थिक वर्षदेखि पारिवारिक इजलास सुरु गर्न लागिएको बताए।उनका अनुसार पारिवारिक इजलासले महिलावादी भएका अंश, नाता कायम, घरेलु हिंसा, बालबालिकाको हित, सरोकार र हेरचाह जोडिएका मुद्दा हेर्नेछ।

यसअघि २२ असोजदेखि काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास सुरु भएको थियो।