२० करोडभन्दा बढी मूल्यको कोकिनसहित मलेसियन महिला पक्राउ

२० करोडभन्दा बढी मूल्य रकमको कोकिनसहित प्रहरीले ठमेलबाट एक मलेसियन महिलालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २९ ठमेलस्थित एक होटलमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोली र प्रहरी वृत्त लैनचौरको टोलीले ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४७ वर्षीया बथुमलाइ वडीभलू रहेकी छन् ।होटलको कोठामा खानतलासी गर्दा ७ वटा स्कुल ब्यागमा लुकाएर राखेको अवस्थामा कोकिन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।