विराटनगरकाे फ्रेन्स कर्नर रेस्टुरेन्टमा एक व्यापारी मृत भेटिए

 विराटनगर ९ स्थित फ्रेन्स कर्नर रेस्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् । 

रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवारका आफन्तहरूले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् । 

व्यापारी साह सो होटलमा बिहीबार  दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।