रविलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले पुरानै पार्टीका नेताहरूको शैली मन पराउने आरोप लगाएका छन्।

‘मेरो शैलीकाबारेमा धेरै प्रश्न उठे,’ बुधबार पत्रकार सम्मेलनमा ढकालले भने, ‘मैले छ भनिरहेको छु, लाइभ गरौं, कसको शैली कस्तो छ देखिहाल्न नि भनेर।’उनले अहिलेको रवि लामिछानेलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र शेरबहादुर देउवाको शैली मन पराउन लागेको समेत आरोप लगाए।

‘आजको रवि लामिमछानेलाई प्रचण्डको शैली मन पर्छ। ओलीको शैली मन पर्छ। आज पनि उहाँ कतै त न कतै ७६(३) अनुसार देउवा प्रधानमन्त्री भइहाल्नुहुन्छ कि भनेर बस्नु भएको छ।’