स्पेसएक्सको स्टारशिप चार हप्तामा फेरि उडानमा हुनेछ : इलन मस्क

संसारको सबैभन्दा शक्तिशाली रकेटको नविनतम मोडललाई स्पेसएक्सले फेरि आकाशमा लैजाने तयारी गरेको छ।

स्पेसएक्सको ४०० फिट (१२२ मिटर) अग्लो स्टारशिपले आफ्नो पाँचौं उडान भर्ने भएको छ। उक्त रकेटले आजसम्म चारओटा परीक्षण उडानहरू गरिसकेको छ।स्पेसएक्सका संस्थापक र सीईओ इलन मस्कका अनुसार नम्बर पाँच केहि समयभित्रै उडानमा हुनेछ।“फ्लाईट ५ चार हप्तामा,” मस्कले शुक्रबार (जुलाई ५) आफ्नो स्वामित्वमा रहेको सोशल मिडिया प्लेटफर्म एक्स मार्फत भने।

स्टारशिपमा दुई खण्डहरु छन्: सुपर हेभी भनेर चिनिने पहिलो चरणको बूस्टर र १६५फिट अग्लो माथिल्लो चरणको अन्तरिक्ष यान जसलाई स्टारशिप भनेर चिनिन्छ। दुबै पुन: प्रयोगयोग्य हुनेगरी डिजाइन गरिएको छ।स्टारशिपका चार परीक्षण उडानहरू २०२३ को अप्रिल र नोभेम्बर तथा यस वर्षको मार्च १४ र जून ६ तारिखमा भएका थिए। सबै परीक्षण ब्राउन्सभिल सहर नजिकैको दक्षिण टेक्सासको स्पेसएक्स साइट स्टारबेसबाट गरेका छन्।सबैभन्दा पछिल्लो प्रक्षेपण, पूर्ण रूपमा योजना अनुसार गएको बताईएको छ, जसमा सुपर हेभी र यान समयमै छुट्टिए र योजना अनुसार क्रमशः मेक्सिकोको खाडी र हिन्द महासागरमा झर्दै पृथ्वीमा फर्किएका थिए।

संभव भएको अवस्थामा फ्लाइट ५ ले एउटा रोमाञ्चक नयाँ ट्विस्ट देखाउनसक्नेछ। स्पेसएक्सले विशाल बूस्टरलाई स्टारबेसको प्रक्षेपण माउन्टमा पिनपोइन्ट अवतरणको लागि फिर्ता ल्याउने लक्ष्य राखेको छ, र यो प्रयासलाई प्रक्षेपण टावरमा रहेका “चपस्टिक” हातहरूद्वारा सहयोग गरिनेछ।