बझाङका शेखर रोकायाले उपसचिवमा ६ ठाउँबाट नाम निकाले

 सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् ।

२०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् ।

उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् ।

उनी बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा दिइरहेका रोकाया अहिले उपसचिवको नियुक्तिपछिको तालिममा रहेका छन् ।२०७४ सालमा शाखा अधिकृत भएका रोकायाले आत्मविश्वास र दृढ लगन रह्यो भने लोकसेवा उत्तीर्ण गर्न सकिने समेत जनाए ।