देवदहका शिक्षक शर्माले नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि सजाय तोकियो

काठमाडौं २४ असार,:  रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा सञ्चालित श्री केरवानी माध्यमिक विद्यालयका शिक्षक दुर्गादत्त शर्मा नक्कली प्रमाणपत्र मुद्दाामा दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतले उनीमाथि कसुर कायम गर्दै सजाय सुनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ फागुनमा मुद्दा दायर गरेकोमा चार महिनापछि फैसला आएको हो । यस मुद्दामा विशेषका सदस्यत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले ठहर हुने फैसला गरेको छ । 

उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय तोकिएको छ । शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो ।