अमेरिकामा कसको पैसामा घुम्दैछन् प्रहरी अधिकृतका श्रीमतीहरु

सुशासनका जति सुकै ठूला कुरा गरे पनि अवसर पाउँदा सरकारी खर्चमा पत्नीलाई विदेश शयर गराउनमा के सचिव,के आइजी,एआइजी कोही पछि नपर्ने रहेछन् ।

देशमा राजनीतिक उथुल पुथल भइरहँदा प्रहरीका दुबै आइजी,गृहका सचिवहरु अहिले पश्चिमा मुलुकको भ्रमणमा रमाइरहेका छन् । त्यो पनि सपत्नी । यही समयमा लामो समयदेखि पक्राउ पर्न नसकेका नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा प्रहरीको फन्दामा परेका छ तर उता अमेरिकामा सचिव र आइजी तथा एआइजीहरु पत्नीसहित रमाइरहेका छन् ।

मुख्यसचिव बन्ने लाइनमा रहेका एकनारायण अर्याल संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्युओर्कमा आयोजित चौथो संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको सम्मेलन (युएनकोप्स)मा पुगेका छन् । उनीसँगै त्यहाँ प्रहरीका हाकिमहरु नै पत्नीलाई बोकेर त्यता गएको खुलेको छ । न उनीहरु प्रहरी हुन,न त सरकारी अधिकारी नै । तर सरकारी खर्चमा त्यता पुगेका हुन वा आफ्नै रकममा त्यो भने खुलेको छैन । प्रहरीका प्रवक्ता दान बहादुर कार्की,आइजी बसन्त कुँवर पनि आफ्ना पतिदेवसँगै अमेरिका पुगेका हुन । आइजी अर्यालले श्रीमती लक्ष्मी पराजुली,प्रवक्ता कार्कीको श्रीमती नविना कार्की अमेरिका पुगेका हुन । त्यहाँ पुगेका गृहसचिव,आइजीसहित प्रहरीको जम्बो टोलीलाई अमेरिकामा खानपान र घुमाउने काम गरिरहेका छन्, मोहन थापाले । ।

थापा नेपालको म्याग्दीबाट अमेरिका पुगेका बाल्टिमोरमा बस्दै आएका छन् । भनिन्छ उनी गृहमन्त्री रवि लामिछानेका निकटस्थ हुन । उनै थापाले नेपालबाट गएका सचिव,आइजीदेखि प्रहरीका हाकिम र उनका पत्नीहरुलाई खानपिन र घुमाउने काम गरिरहेका छन् । अपराधकर्ममा जोडिएका र प्रहरीको अनुसन्धान हुनुपर्ने व्यक्तिसँगै गृह प्रशासनको कमाण्डर र प्रहरीका कमाण्डरहरुको कुम जोडिएको फोटो सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।

मोहन थापाले नेपाल प्रहरीकै एक पूर्व अधिकृतलाई घर बैना गराइदिने नाममा २५ लाख रुपैयाँ ठगी गरेको,अमेरिकामै व्यावसाय गर्दै आएका केसी थरका एक व्यक्तिको पनि ७५ लाख रुपैयाँ ठगी गरेको आरोप लाग्दै आएको छ । यस्का अलवा रवि लामिछाने माथिझैं उनीविरुद्ध पनि अमेरिकामा दर्जनौ मुद्धा चलेका छन् । कतिपय मुद्धामा उनीपराजित समेत भएका छन् । थापा दोषी ठहर भई २ वर्षभन्दा बढी जेल बसेर आएका थिए । थापा विरुद्ध अहिलेपनि ६ वटा आपराधिक मुद्दा चलिरहेको उनै थापाले नेपालबाट अमेरिका पुगेका प्रशासक र प्रहरीका हाकिम र तिनका पत्नीलाई बाल्टिमोरको हिन्दु र बौद्ध मन्दिरका अलवा त्यहाँको पर्यटकीय नहरी घुमाएर पठाएका थिए ।