वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

दीनमणिजी, प्रचण्डलाई राजीनामा गर्न सुझाव देऊ, नैतिकता जोगाऊ

महान्यायाधिवक्ता दीनमणि पोखरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाए । पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् । 

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताए । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको भनिएको छ । 

महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाय र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

https://barnanmedia.com/news/detail/182117/

सरकार छाड्न छाडेर ढिपी कस्दै प्रचण्ड र माओवादीका मुख्यमन्त्रीहरु

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ। संसदीय राजनीति अनुसार अल्पमतमा परेपछि सरकार छाड्नुपर्छ। नयाँ सरकार बन्न नसक्ने स्थिति भएमा मात्र अल्पमतको सरकार चलाउने गरिन्छ।

तर, नेपालमा राजनीतिक नैतिकताको खडेरी छ। प्रचण्ड राजीनामा दिन तयार छैनन् बरु २८ असारमा विश्वासको मत लिने बताइरहेका छन्। उनले विश्वासको मत नपाउने निश्चित छ।कांग्रेस र एमालेले पनि प्रचण्डलाई राजीनामा दिन अनुरोध गरिसकेका छन्। बरु धमाधम नीतिगत निर्णय गरिरहेका छन्।प्रचण्डकै लाइनमा छन् माओवादी र एकीकृत समाजवादीका मुख्यमन्त्रीहरु। माओवादीले बागमती र लुम्बिनी तथा सुदूरपश्चिममा एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने हो। यी प्रदेशमा कांग्रेस र एमाले गठबन्धनको स्पष्ट बहुमत छ।

https://barnanmedia.com/news/detail/182113/

तीन करोड ३० लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै नापतौल विभागका निरीक्षकलाई ६ महिना कैद

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका वरिष्ठ निरीक्षक शशीभुषण कुमार यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतले उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सजाय सुनाएको हो । उनीमाथि १६ जेठ ०८० मा मुद्दा दायर भएको थियो । ०४६ जेठदेखि उनी सरकारी सेवामा प्रवेश गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ असारसम्मको उनको सम्पत्ति गणणा गरिएको थियो । 

अनुसन्धानका क्रममा उनको खर्च तथा लगानी ७ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको भेटिएको थियो भने वैध आय दुई करोड ७७ लाख रुपैयाँ मात्र हुनुपर्ने खुलेको थियो । जसपछि स्रोत नखुलेको ४ करोड ४७ लाख रुपैयाँलाई बिगो कायम गरिएको भए पनि उनको अवैध आय ३ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको विशेषको ठहर छ । 

https://barnanmedia.com/news/detail/182112/

नक्कली जग्गाधनी पूर्जा बनाइ १९ करोड ऋण, एक कम्पनीसहित नौमाथि कसूर कायम

 नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको विषयमा एक कम्पनीसहित नौ प्रतिवादीमाथि कसूर कायम भएको छ । २१ असार ०८० मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकोमा एक वर्षपछि ठहर हुने फैसला भएको हो । 

यस प्रकरणमा मेरलायन इन्टरप्राइजेजका साथै यस कम्पनीका उविन्द्रराज शाक्य, मुक्तिनाथ गौतम, एसकुमार महर्जन र विल्वा भूमि वन प्रा.लि.का नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाललाई मुख्य कसूरदार मानेको छ । रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई भने मतियार मानेको छ । यस मुद्दामा अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने विशेषले सफाइ दिएको छ । 

https://barnanmedia.com/news/detail/182111/

सर्वाेच्चमा एकैदिन तीनसय एकहत्तर मुद्दा फैसला

सर्वाेच्च अदालतमा आइतबार पेशीमा तोकिएका मुद्दामध्ये तीन सय एकहत्तर वटा मुद्दा अर्थात् उनान्सत्तरी प्रतिशत मुद्दा फैसला भएका छन् ।

सर्वोच्च अदालतमा दैनिक पुरक सूचि र साप्ताहिकमा चढेर आएका पांचसय एकचालिस मुद्दामध्ये तीनसय एकहत्तर वटा मुद्दा फैसला भएका हुन् ।

एउटा तीनसय वटा लगाउमा रहेको मुद्दा न्यायाधीशत्रय हरिप्रसाद फुयाल, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासबाट फैसला भएसंगै तीनसय एकहत्तर वटा मुद्दा फैसला भएको हो । अन्य इजलासबाट समेत आइतबार उल्लेख्य प्रगति भएको पाइएको छ ।

https://barnanmedia.com/news/detail/182145/

त्रिविका उपकुलपति बराललाई भेट्न क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ ।

त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ ।त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय (टाइम बुक) लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैमा अनुरोध छ ।’

कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीको शव फेला

 कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीको मृत्यु भएको छ ।

 

सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी

 केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले केन्द्रमा २८ गते नयाँ समीकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन् ।सोमबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस सहितको सरकार बन्ने जानकारी दिए ।

राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको बताएकी छन् ।

टिकटकले हटायाे १६ कराेड भिडियाे

टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मकोभावना अनुसार पछिल्लो क्यूवान २०२४ कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ।

टिकटकले क्यूवान २०२४ मा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६,६९,९७,३०७ भिडियोहरू हटाएको छ जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो। यीमध्येको एक महत्वपूर्ण हिस्सा १२,९३,३५,७९३ भिडियोहरूअटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६०,४२,२८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन्।

पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी दरबाङ सडक खुल्यो

 पहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गे भिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताउनुभएको छ । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’  bipad.koshi.gov.np को आज शुभारम्भ गर्नुहुँदै उहाँले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताउनुभयो । 

नेपालमैं बनेको एप्लिकेशनले पुरा एण्ड्रोइडमा १ करोड डाउनलोड

 नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा भएको छ ! नेपाली तिथी, मिति, पात्रो, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको नेपालको पहिलो डिजिटल पात्रो हो ।

नेपाली पात्रोमामा रेडियो, समाचार (यो गज्जब छ), वैदिक पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता आज जीवनलाई आवश्यक पर्ने दर्जन बढी सुविधाहरु समावेश छन् । साथै नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट गर्ने नेपाली पात्रो गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ्गसाथ लोकप्रिय भएको देखिन्छ। नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरंजनात्मक सामग्री सुन्न सकिने नेपाली पात्रोका आशिष कार्की जानाकारी दिनुभयो।

इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र  आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताउनुभयो ।