भुटानमा राजनीतिक बन्दीको जीवन बिताइरहेका राई ३१ वर्षपछि कारागारबाट छुटे

 भुटानमा राजनीतिक बन्दीको जीवन बिताइरहेका रामबहादुर राई ३१ वर्षपछि कारागारबाट छुटुभएको छ ।

उहाँ थिम्पुको चेमगाङ केन्द्रीय कारागारबाट गएको शुक्रवार  ३१ वर्ष १० महिनापछि छुट्नुभएको हो । ६६ वर्षीय राई कारागारबाट रिहा भएपछि हिजो नेपालको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आउनुभएको छ ।

राई पहिले बेलडाँगी–१ सेक्टर सी मा भुटानी शरणार्थीको रूपमा बस्दै आउनुभएको थियो । पछि उहाँ भुटान गएर राजनीतिक पर्चा बाँड्दै गर्दा पक्राउ पर्नुभयो । राईलाई भुटानमा देशद्रोहीको संज्ञा दिँदै राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत जेल सजाय भएको थियो ।